२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता हुने, ३५ टिमको सहभागिता

प्रकाशित मिति : २०८२ माघ १३ गते

चितवन / आरम्भ कलेजको आयोजनामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

विद्यार्थीहरूको शारीरिक, मानसिक तथा नेतृत्व क्षमताको विकास गर्नुका साथै खेलभावना, अनुशासन र टीमवर्कलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।

- ADVERTISEMENT -

Advertisement

प्रतियोगिता माघ १८ गतेदेखि २२ गतेसम्म आरम्भ कलेजको बास्केटबल कोर्ट, भरतपुर–११ मा सञ्चालन हुनेछ । आयोजक समितिका अनुसार यस प्रतियोगितामा ३५ भन्दा बढी टिमहरूको सहभागिता गराउने लक्ष्य राखिएको छ, जसमा विभिन्न कलेजका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरू सहभागी हुनेछन् ।

आयोजकले प्रतियोगिताका सबै खेलहरू नेपाल बास्केटबल संघ (Nepal Basketball Association – NeBA) का आधिकारिक नियमअनुसार सञ्चालन गरिने जानकारी दिएको छ। निष्पक्ष र व्यवस्थित खेल सुनिश्चित गर्न अनुभवी रेफ्री, प्राविधिक समिति तथा स्वयंसेवक टोलीको व्यवस्थापन गरिएको छ।

प्रतियोगितालाई थप आकर्षक बनाउन आकर्षक पुरस्कार राशि को व्यवस्था गरिएको छ।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमलाई नगद रु. १५ हजार तथा दोस्रो स्थान हासिल गर्ने टिमलाई नगद रु. १० हजार पुरस्कार प्रदान गरिनेछ ।

त्यसैगरी व्यक्तिगत उत्कृष्ट प्रदर्शनका आधारमा Most Valuable Player (MVP) र Highest Scorer लाई विशेष सम्मान प्रदान गरिने आयोजकले जनाएको छ । सहभागी सबै टिम तथा विजेता टिमलाई प्रमाणपत्र समेत प्रदान गरिनेछ ।

प्रतियोगिताको तयारीस्वरूप पहिलो दिन ओरिएन्टेशन कार्यक्रम सम्पन्न भइसकेको छ । उक्त कार्यक्रममा सहभागी टिमका टिम लिडर तथा सदस्यहरूको अन्तिम सूची पुष्टि गर्नुका साथै प्रतियोगिताका नियम, खेल तालिका, अनुशासन र सुरक्षा व्यवस्थाबारे विस्तृत जानकारी प्रदान गरिएको थियो ।

आरम्भ कलेजले शैक्षिक गतिविधिसँगै यस्ता खेलकुद प्रतियोगिताहरूले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ। आयोजक समितिले विद्यार्थी, अभिभावक तथा खेलप्रेमी दर्शकहरूलाई प्रतियोगिता अवलोकन गरी खेलाडीहरूको हौसला बढाउन आग्रह गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89