मकवानपुर / हेटौंडादेखि मनहरिसम्मको न्यूनतम भाडा दर ५० हो । लकडाउन अघिसम्म ५० भाडा तिरेर यात्रुहरू मनहरीदेखि हेटौंडा आवतजावत गर्थे । तर, म्याजिक, लोकल बसहरूले लकडाउनमा गाडी थन्किएर व्यहोरेको घाटा यात्रुसँग उठाउन थालेका छन् ।
लकडाउन खुलेपछि सरकारले सार्वजनिक सवारी साधन सञ्चालन गर्ने निर्णय गरेसँगै हेटौँडाबाट मनहरी चल्ने म्याजिक, लोकल बस पनि सञ्चालनमा आएका छन् । सञ्चालनमा त आए तर यात्रुहरूको लागि ‘ठग’ भएर आएको देखिन्छ । यात्रुहरूको ढाड सेक्ने गरी म्याजिक लोकल बसहरूले डबल भाडा असुल्दै गरेको पाइन्छ ।
हेटौँडाबाट नियमित सञ्चालनमा आउने दर्जनभन्दा बढी म्याजिक लोकल बसहरु अहिले सञ्चालनमा आएका छन् । ती सवारी साधनले नियम बिपरित यात्रु हाल्ने र डबल भाडा असुल्दै आएको व्यापक गुनासो आईरहेको छ । कोरोना संक्रमण झन झन फैलिरहेको बेलामा पनि सिट क्षमता भन्दा बढी यात्रु हाल्ने अनि भाडामा पनि सवारी साधनहरुले मनपरी गरिहेको भेटिन्छन् ।
नेपाल सरकारले ५०५ सम्म भाडा बढाउन सकिने भनिए पनि सवारी साधनमा भने यो नियम लागू भएको देखिदैन । बोल्नेको पिठो पनि बिक्छ भने जस्तै जसले भाडा दिने बेलामा बार्गेनिङ गरिन्छ उसलाई तोकेकै भाडा लिने गरेको र जसले चुपचाप दिन्छन् उनिहरुलाई ९० देखि १ सय रुपैयाँसम्म लिने गरेको हेटौंडाबाट लोकल बसमा मनहरी आउदै गरेकी लिला तितुङले बताए । उनका अनुसार गाडीमा यात्रु पनि कोचिकोची हाल्ने अनि भाडा ९० देखि १ सयसम्म दिएन भने गाडीबाट नै झार्दिन्छु भनेर थर्काउने गरेको पनि बताए ।
भीमफेदी कुलेखानी हुँदै बागमती प्रदेशको राजधानी हेटौँडाबाट काठमाण्डौँसम्म जानको लागि टाटा सुमोले लकडाउन अघि ४ सय ५० रुपैँया लिने गरेको थियो । तर तीन महिनाको लकडाउनमा थन्किएर बसेका ति साना सबारीले यात्रुलाई अत्याधिक ठग्न सुरु गरेपछि प्रहरीले त्यस्तो टाटा सुमोलाई धमाधम कारबाही गरिरहेका छन् ।
अब हेटौंडा मनहरी चल्ने म्याजिक लोकल बसलाई पनि त्यसरि नै कारबाही गरिए बढी भाडा असुल्ने कार्यमा कमि आउने देखिन्छ । हेटौंडाबाट म्याजिकमा मनहरी आएका सुमन चेपाङले पनि म्याजिकले थर्काएरै आफुसंग ९० रुपैयाँ भाडा लिएको गुनासो सुनाए । उनले अझै थपे भनेको जस्तो भाडा नदिए बिच बाटोमै झार्दिन्छु भन्दै म्याजिमका रहेको सबैसँग ९० देखि १ सयसम्म भाडा लिएको सुनाए ।
अहिलेको असहज परिस्थितिको मौका छोपेर सवारी साधनले मनलाग्दी भाडा असुल्दा दैनिक सयौंको सङ्ख्यामा यात्रु ठगि रहेका छन् । सर्वसाधारणको बाध्यताको फाइदा यातायात सञ्चालकले लिइरहेका छन् । यस्तो बेलामा सम्बन्धित निकायले बेलैमा चासो दिएर चोकजाँमा थप कडाइ गरी बढी भाडा असुल्ने म्याजिक लोकल बस तथा निजी सवारी साधनलाई कडा कारवाही गर्नु पर्ने देखिन्छ । अन्यथा यात्रुहरु दैनिक ठगि रहने छन् अनि यातायात सञ्चालकहरुको दादागिरी नमिठो गरि चलिरहने छन् । –स्वागत नेपाल अनलाइनबाट ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

हेटौँडा मनहरीको भाडामा मनपरी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
154.21
154.81

European Euro
1
175.31
175.99

UK Pound Sterling
1
205.46
206.26

Swiss Franc
1
188.49
189.22

Australian Dollar
1
107.65
108.07

Canadian Dollar
1
109.41
109.83

Singapore Dollar
1
119.48
119.95

Japanese Yen
10
9.41
9.45

Chinese Yuan
1
22.77
22.86

Saudi Arabian Riyal
1
41.08
41.24

Qatari Riyal
1
42.32
42.48

Thai Baht
1
4.58
4.59

UAE Dirham
1
41.99
42.15

Malaysian Ringgit
1
37.69
37.84

South Korean Won
100
10.57
10.61

Swedish Kroner
1
15.88
15.94

Danish Kroner
1
23.46
23.55

Hong Kong Dollar
1
19.66
19.74

Kuwaity Dinar
1
501.01
502.96

Bahrain Dinar
1
408.99
410.58

Omani Rial
1
400.53
402.09













