२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

संक्रमित बढेपछि पूर्वी चितवनका चार नगरपालिकामा निषेधाज्ञा

प्रकाशित मिति : २०७७ श्रावण ३२ गते

चितवन / कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै गएपछि पूर्वी चितवनका चार वटा नगरपालिकामा पनि आज रातिदेखि निषेधाज्ञा लागू गरिएको छ । पूर्वीचितवनका रत्ननगर, कालिका, खैरहनी र राप्तीका प्रमुखहरुको आज (आइतबार) बसेको बैठकले चार नगरपालिका क्षेत्रमा निषेधाज्ञा लागू गर्ने निर्णय गरेको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले जानकारी दिए ।
उनले निषेधाज्ञा लागू गर्नका लागि नगरपालिकाले निर्णय गरेर प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई जानकारी गराएको बताए । उनले भने–‘जोखिम बढेकाले चार नगरपालिकामा निषेधाज्ञाका लागू गर्न जिल्ला प्रशासनलाई भनेका छौं ।’
नगर प्रमुख वनले आज राति १२ बजेदेखि लागू हुने गरी भदौं ७ गतेसम्मका लागि निषेधाज्ञा लागू गर्ने निर्णय भएको जानकारी दिए ।
बैठकले बकुलहर रत्ननगर अस्पतालमा आइसोलेशन तयार गर्ने र कोरोना परीक्षणको लागि प्रदेश सरकारसंग पिसीआर मेसिन माग गर्ने निर्णय भएको रत्ननगरकी उपमेयर विमला दुवाडीले जानकारी दिइन । बैठकमा रत्ननगरका मेयर वन सहित कालिकामा मेयर खुमनारायण श्रेष्ठ, खैरहनीका मेयर लालमणि चौधरी, राप्तीकी मेयर प्रभा बराल, रत्ननगरकी उपमेयर दुवाडी लगायतको सहभागिता रहेको थियो ।
चितवनका प्रमुख जिल्ला अधिकारी भट्टराईले आज राति देखिनै लागू हुने गरि पूर्वीचितवनमा निषेधाज्ञा घोषणा गरिएको भन्दै यस बारेमा आजै सार्वजनिक सूचना जारी गरिने बताए ।
पछिल्ला केहीदिन पूर्वीचितवनमा पनि कोरोना भाइरसका संक्रमित थपिदै गइरहेका छन् । शनिबार राति गरिएको परीक्षणमा रत्ननगर नगरपालिका–५ र १२ का ३ पुरुष र एक महिला गरी चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने खैरहनी नगरपालिका–८ का २ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20