२०८३ श्रावण २७, बुधबार
August 12, 2026
२०८३ श्रावण २७, बुधबार
August 12, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

युवाहरुले व्यवसाय गर्न चाहे प्रचुर सम्भावना

प्रकाशित मिति : २०८१ चैत्र १३ गते

– राजेश रुम्बा लामा

कोभिड महामारीकै कारण विश्व अर्थतन्त्रमा परेको नकारात्मक प्रभावले नेपाल पनि अछुतो रहन सकेन । त्यसैको असर ठूल्ठूला सिटी सेन्टरदेखि सामान्य पसलसम्म, सामान्य चप्पल फ्याक्ट्रीदेखि सिमेन्ट फ्याक्ट्रीसम्ममा समेत परेको प्रत्यक्ष असर हामीले देख्यौ र भोग्यौ पनि ।

- ADVERTISEMENT -

Advertisement

यसरी व्यावसायिक उद्योग कलकारखाना बन्द हुनु भनेको संचारगृहहरुको लागि विज्ञापन दाता घट्नु हो । विज्ञापन पाउन छाडेपछि संचारकर्म गरिरहने संचारकर्मी पलायन हुन बाध्य हुनु हो । तर हाल अवस्थामा सिर्जनात्मक रुपमा व्यवसाय वा उद्यमी गर्न सक्यो भने सम्भावनाहरु प्रचुर छन् ।

देखासिखी गर्नु वा वरिपरि अरुले गर्दै गरेको व्यवसायको नक्कल गर्नुको सट्टा युवाहरूले आफ्नो सिप, कला, अध्ययन, अनुसन्धानमा खर्चेर समय सापेक्ष व्यापार व्यवसाय वा कुनै पनि उद्यम गर्न सकेको खण्डमा घर परिवार चलाउनकै लागि दिनानु युवाहरु परदेशिनु पर्ने थिएन र छैन पनि । त्यसमाथि जनजाती सामुदायिका युवाहरुले त्यसरी व्यापार व्यवसाय वा उधम गर्ने सहस गरे भने अन्य समुदायका युवाहरुले भन्दा बढी सफलता प्राप्त गर्न सकिने देखिन्छ ।

किनकि अन्य सामुदायिक युवाहरुको तुलनामा जनजातिहरु आफ्नो कर्ममा विश्वास गर्ने र निरन्तर लागि पर्ने खालका हुन्छन् । गर्नु पर्ने काम कुरामा लगाम लगाएको घोडा जस्तै बढो इमान्दारीका साथ लगातार घोटी रहने हुन्छन् । त्यसैको फाइदा उठाउदै आफ्नो निश्चित स्वार्थ पूर्ति गर्ने अपराधिक मानसिकता बोकेकाहरुले बेलाबेला जनजाति युवाहरुलाई परिचालन गर्दै आएको विभिन्न घटना क्रमले देखाउँछ । चाहे मानव हत्याको अपराधमा होस् या चाहे चोरी डाँका लुटपाट नै किन नहोस् पर्दा भित्रबाट रिमोट चलाए पछि स्क्रीनमा जनजाति युवाहरु अपराधिक घटनामा अत्यधिक देखिन्छ । यसो हुनुमा एक त शिक्षा, चेतनाको कमी, एक त गरिबी र बेरोजगारी हुनुको पीडाले हो ।

त्यसैले इमान्दारपूर्वक हरेक काम गर्न सक्ने जनजाति युवाहरुले सकारात्मक र सृजनात्मक काम गर्न सकेको खण्डमा भविष्य राम्रो छ । यसको अर्थ गैर जनजाति युवाहरुको भाविष्य यो देशमा छैन भन्न खोजेको पक्कै होइन । गैर जनजाति युवाहरु शैक्षिक योग्यता र अझै पनि उच्च जातीय आधारमा आफूलाई अलि बढी चलाकी सम्झिने हुँदा कर्ममा भन्दा बढी दिमाख चालाउने तिर लाग्छ ा

त्यसैले कि त ६० काटेका नेताको झोला बोकेर त्यही नेताको वरिपरि घुमेर ठुटे नेता बन्छन कि त युरोप अस्ट्रेलियाको भूत सवार भएर अन्त्यमा जनजाति युवाहरु जसरी नै अरब मलेसिया पुग्छन् । यसको अर्थ अहिले देश र जनताले नेता होइन श्रम चाहेका छन् । त्यसरी दल विषेशको (जुनै पनि समुदायका) कार्यकर्ता बनेकाहरुले पनि व्यापार व्यवसाय वा उद्यम नगरेको भने होइन ।

यद्यपि नेताको वरिपरि घुमफिर गरेर खान सिकेका, जानेकाहरुले गरेको कुनै पनि उद्यम होस् या व्यावसाय टिकाउ भएको छैन र हुन पनि सक्दैन । किनकि उद्यम गर्न वा उद्योग सञ्चालन गर्न निक्कै उन्नतस्तरको व्यवस्थापकीय क्षमता चाहिन्छ । यो केही पढेर र केही परेर सिक्ने कुरा हो । नेताको वरिपरि घुमेकै भरमा राज्यको ढुकुटीबाट पाएको अनुदानले कुनै व्यवसाय वा उद्योग टिकाउ हुन सक्दैन जुन कुरा हामीले घाम जतिकै देखि सकेका छौं । बरु त्यसले असली उद्यमी र व्यवसायीलाई मार पारेको छ । कसरि ? कारण धेरै छन् ।

जस्तै देश संघीयतामा गएसँगै प्रदेश प्रदेशमा विभाजन गरियो । त्यसरी विभाजन गरेका प्रदेशहरुको प्रदेश प्रमुखदेखि लिएर प्रदेश सरकार, प्रदेशमन्त्री हुँदै तिनका आसेपासेलाई नियुक्त गर्ने केन्द्र वा राजनीतिक भागभण्डको आधारमा आआफ्नो कार्यकर्ता व्यवस्थापनमा राज्यको ठूलो धनराशी खर्चियो । यतिसम्मकी त्यस्तै प्रकृतिका कार्यकर्ता जसले उद्योग र व्यावसायिक फर्म झोलामा बोकेर हिँडेर पनि राज्यको लाखौँ अनुदान पाए, खाए । परिणाम अहिले हेर्नुस् ! अनुदानमा पाएका लगानी गरेकाहरुको अहिले खोर छ बाख्रा छैन, गोठ छ गाइ भैंसी छैन, पोखरी छ माछा छैन, जमिन छ फलफुल छैन आदि त्यस्ता व्यवसायले गरेको व्यापार व्यवसायीले बजारमा अस्वस्थ प्रदिस्पर्दा गरी दिंदा हिजोदेखि गर्दै आएका उद्योगी र व्यवसायलाई निक्कै मर्का परेका छन् ।

यसको अर्थ युवा राजनीतिबाट टाढा बस्नुपर्छ भन्न खोजेको होइन । मानिस राजनीतिक प्राणी हो । राजनीतिबाट पूरा अलग हुन सकिँदैन । एक सचेत नागरिकका रूपमा झन् युवाले पन्छिन मिल्दैन । नेता, कुनै पनि राजनीतिक दलको अन्धोभक्त भएर लाग्नुको साटो आफ्नो, विवेक, बुद्धि प्रयोग गरेर सशक्त भूमिका खेल्नुपर्छ । युवाको ऊर्वर समय आफ्नो ज्ञान, सिप, अनुभव र क्षमता बढाउनमा लगाउनुपर्छ । समयको महŒव, जीवनको महत्त्वको ख्याल गरेनौँ भने पछि पछुतो बाहेक हाम्रो हातमा केही पर्नेवाला छैन ।

फेरि यसको अर्थ यो पनि होइन कि अरब, मलेसिया जानेहरुले देश विकासमा टेवा पुर्याएको छैन । किनकि अहिलेसम्म देश धानेकै त्यही अरब, मलेसिया जानेको रिमिटेन्स र बैदेशिक ऋणले नै हो । मैले यहाँ जनजाति समुदायका युवाहरुले गर्न चाहे व्यवसाय प्रचुर सम्भावना छन् भन्नुको करण दुइ किसिमले हो  ।

एक त यो सामुदायि इमान्दारी पारिश्रमिक हुन्छन अर्को कुरा यिनीहरु कहिले पनि आफुलाई राजनीतिक पंहुचदार सम्झेर व्यवहार गर्दैनन् जसकारण यो देशमा राजनीति र नेताले वितृष्णा भएका जनताले जनजाति समुदायका व्यवसायीलाई विश्वास गर्न थालेका छन् । त्यही आधारले व्यवसाय सफलताको प्रचुर सम्भावना छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39