२०८३ आश्विन ४, आईतवार
September 20, 2026
२०८३ आश्विन ४, आईतवार
September 20, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

१४ जना तमू विद्यार्थीलाई सांस्कृतिक प्रतिष्ठानको छात्रवृत्ति

प्रकाशित मिति : २०८२ श्रावण ४ गते

चितवन । तमू सांस्कृतिक प्रतिष्ठानले चितवनका १४ जना तमू विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। शनिबार तमू प्ये ल्हु संघमार्फत चितवन जिल्लामा रहेर सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुलाई जनही ८ हजार रुपैयाँका दरले छात्रवृत्तिबराबरको रकम प्रदान गरिएको हो। २०५८ सालमा खुलेको प्रतिष्ठानले चितवनमा भने विगत चार वर्षदेखि गरिब तथा जेहेनदार तमू विद्यार्थीहरुको शैक्षिक भविष्यमा टेवा पुर्‍याउने उद्देश्यसहित छात्रवृत्ति प्रदान गर्दै आएको तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम च्हम्रु तमूले जानकारी दिए।

प्रतिष्ठानले प्ये ल्हु संघमार्फत गर्दै आएको कार्यक्रमले आर्थिक अभावमा पिल्सिएका तमू विद्यार्थीहरुको शैक्षिक क्षेत्रमा ठूलो मद्दत पुगेको उनले बताए। प्रतिष्ठानले विद्यार्थीमात्र नभई उत्कृष्ट आमालाई पनि पुरस्कृत गर्दै आएको छ। तर, छात्रवृत्ति प्रत्येक वर्ष प्रदान गरिए पनि उत्कृष्ट आमाको पुरस्कार भने प्रत्येक दुई/दुई वर्षमा प्रदान गर्दै आएको उनले बताए।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा प्रमुखअतिथि रहेका तमू समुदायका अग्रज एवम् सामाजिक व्यक्तित्व देवेन्द्रबहादुर गुरूङले बालबालिकालाई शिक्षाको ज्योतिसँग नजिक बनाउनका लागि तमू सांस्कृतिक प्रतिष्ठानले खेलेको भूमिका सराहनीय भएको बताए। गुरूङ समुदायको संरक्षण र विकासको लागि प्रतिष्ठानले चालेको कदमबाट गुरूङ भाषामा पनि शिक्षाको जरुरी छ भन्ने देखाएको उनले बताए। गुरूङहरुले मातृभाषा बिर्सँदै गएको विषयप्रति उनले चिन्ता व्यक्त गरे। त्यसकारण गुरूङ विद्यार्थीले मातृभाषाप्रति पनि चासो दिनु आवश्यक रहेको उनको भनाइ छ।

मौखिकरुपमा खरररर गुरूङ भाषा बोल्ने व्यक्तिले पनि गुरूङ भाषाको पुस्तक पाउँदा सहज तरिकाले पढ्न सक्दैन, त्यो किन भयो भन्दा अध्ययनको कमीले भएको हो,’ उनले भने, ‘त्यसकारण गुरूङ भाषालाई विद्यालय शिक्षामै समावेश गराएर पढाउन आवश्यक छ । बल्ल सरकारी कामकाजीको भाषाले सार्थकता प्राप्त गर्न सक्छ।’

विद्यार्थीले शिक्षा लिँदै गर्दा व्यावहारिक ज्ञानलाई पनि आत्मसात् गर्न आवश्यक पर्ने तमू प्ये ल्हु संघ चितवनका सल्लाहकार संयोजक भीमबहादुर गुरूङले बताए। पछिल्लो पुस्तामा सामाजिक चेत कम हुँदै गएको हुँदा समाजलाई पनि बुझ्न सक्ने ज्ञान बालापनबाटै राख्न सक्नुपर्ने उनले बताए। त्यसका लागि अभिभावकले पनि ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ। ‘किताबी ज्ञान घोक्दै गर्दा समाजलाई पनि नजिक राख्न सक्नुपर्छ’, उनले भने।

प्ये ल्हु संघका सल्लाहकार जगतबहादुर गुरूङले भाषा तथा संस्कृतिको संरक्षणमा पनि विद्यार्थीले चासो दिनुपर्ने बताए । ‘पढाइ त अहिलेको समयमा अपरिहार्य नै भइहाल्यो। त्यससँगसँगै तमू भाषा तथा संस्कृतिको जगेर्ना गर्नुका साथै मानव सभ्यताको विकासबारे पनि ज्ञान राख्न आवश्यक छ’, उनले भने।

तमू प्ये ल्हु संघ केन्द्रका वरिष्ठ उपाध्यक्ष एवम् बागमती प्रदेश प्रमुख तुलाराम गुरूङले बालबालिकामा पढाइप्रतिको रूचि जगाउन र अभिभावकलाई पनि आफ्ना सन्ततिलाई शैक्षिक विकासमा लगाउनका लागि तमू सांस्कृतिक प्रतिष्ठानले खेलेको भूमिका ज्यादै सकारात्मक रहेको बताए।

धर्मध्वज टोल आमा समूहकी अध्यक्ष उमिता गुरूङले तमू जातिलाई शिक्षित बनाउने काममा प्रतिष्ठानले ठूलो भूमिका खेल्दै आएको बताइन्। ‘शिक्षा जीवनको अमूल्य ज्योति हो भनेर प्रतिष्ठानले विद्यार्थीहरुमाथि गरेको लगानीले सार्थकता पाएको छ’, उनले भनिन्, ‘यसमा विद्यार्थीले पढाइमा भने अल्लि बढी बल गर्नुपर्ने देखिन्छ।’

तमू प्ये ल्हु संघ चितवनले सञ्चालन गरेको जमिन खरिद गर्ने अभियानमा अर्थ सङ्कलनको क्रमले निरन्तरता पाइरहेको छ। शनिबार भएको कार्यक्रममा पनि प्ये ल्हु संघको आफ्नै जमिन खरिद गर्ने र त्यसमा आवश्यक क्होइबो धीँसहितको संरचना निर्माणका लागि भरतपुर–५, विकासचोककी अस्मिता गुरूङले एक लाख २५ हजार पाँच रूपैयाँ सहयोग गरेकी छन्। उनले आफ्नो जन्मदिनको अवसर पारेर उक्त रकम तमू प्ये ल्हु संघ चितवनलाई हस्तान्तरण गरेकी हुन्।

सोही कार्यक्रममा तमू प्ये ल्हु संघ अन्तरजिल्ला मूल समितिले पनि एक धुर जमिनबराबरको आर्थिक सहयोग गरेको छ। एक धुर जमिनको मूल्यबराबर दुई लाख ५० हजार रूपैयाँ मूल समितिका पदाधिकारीहरुले तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम च्हम्रु तमूलाई हस्तान्तरण गरेका हुन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.83
176.52
UK Pound Sterling
1
204.69
205.50
Swiss Franc
1
185.65
186.38
Australian Dollar
1
109.08
109.51
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
119.85
120.32
Japanese Yen
10
9.70
9.73
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
41.99
42.16
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.69
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.59
15.65
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.11
407.70
Omani Rial
1
397.66
399.22