२०८३ बैशाख १६, बुधबार
April 29, 2026
२०८३ बैशाख १६, बुधबार
April 29, 2026 Wednesday
- ADVERTISEMENT -

क्याम्पाचौरमा ‘चितवन म्युजिक कार्निभल च्यारिटी फर क्होइबो’ कन्सर्ट हुने

प्रकाशित मिति : २०८३ बैशाख १६ गते

भरतपुर / तमू प्ये ल्हु संघ चितवनले आयोजना गर्न लागेको ‘चितवन म्युजिक कार्निभल च्यारिटी फर क्होइबो’ कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको छ । तमू समुदायको धार्मिक तथा सांस्कृतिक केन्द्र ‘क्होइबो धीँ’ निर्माणका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यसहित नारायणघाटको क्याम्पाचौरमा कार्यक्रम हुन लागेको हो ।

मङ्गलबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत दिउँसो ३ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने कार्यक्रमको तयारीबारे जानकारी गराइएको हो । कार्यक्रममा राष्ट्रियस्तरका चर्चित कलाकार तथा ब्यान्डहरूको प्रस्तुति रहनेछ । लोकप्रिय ब्यान्ड ‘एक्सिस’ र ‘लिल झोला’सँगै ‘कताब’ र ‘योगेन’ ब्यान्डले समेत प्रस्तुति दिनेछन् ।

- ADVERTISEMENT -

Advertisement

त्यस्तै, मन्त्र घिमिरे, यमुना गुरूङ र पविन गुरूङलगायतका कलाकारहरू कार्यक्रमका प्रमुख आकर्षणका रूपमा रहने संघका अध्यक्ष विक्रम च्हम्रु तमूले बताए । उनले संस्थागत विकाससँगै तमू समुदायको भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको उल्लेख गर्दै सबैको साथ र सहयोगको अपेक्षा गरिएको बताए ।

वि।सं। २०६० सालमा स्थापना भएको संघले आफ्नै नाममा जग्गा खरिद गरी ‘क्होइबो धीँ’ निर्माण गर्ने योजना अघि बढाएको छ । सोही अभियानलाई सहयोग पुर्‍याउने लक्ष्यसहित कन्सर्ट आयोजना गर्न लागिएको हो । यसअघि देउसी–भैलो तथा व्यक्तिगत सहयोगमार्फत केही रकम संकलन भए पनि लक्ष्य पूरा गर्न अपुग हुने देखिएपछि युवामुखी साङ्गीतिक कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

कार्यक्रम सफल बनाउन टिकट बिक्री, प्रायोजन तथा अन्य व्यवस्थापनका काम तीव्र रूपमा अघि बढाइएको आयोजकले जनाएको छ । कार्यक्रमलाई सुरक्षित, व्यवस्थित र दर्शकमैत्री बनाउन आवश्यक सबै तयारी पूरा भइसकेको जनाउँदै संगीतप्रेमीहरूलाई सहभागी भई सहयोग गर्न आग्रह गरिएको छ ।

कन्सर्ट आयोजना गर्न करिब ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ भने ९० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको छ । यसबाट हुने बचत रकम ‘क्होइबो धीँ’ निर्माणमा योगदान पुग्ने अपेक्षा गरिएको कार्यक्रम संयोजक जगत तमूले बताए । उनले गुरूयोजनाअनुसार लक्ष्य प्राप्तिका लागि आगामी दिनमा थप कार्यक्रमहरू पनि सञ्चालन गर्दै जाने जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.97
151.57
European Euro
1
176.57
177.27
UK Pound Sterling
1
203.55
204.36
Swiss Franc
1
191.16
191.92
Australian Dollar
1
108.13
108.56
Canadian Dollar
1
110.46
110.90
Singapore Dollar
1
118.18
118.65
Japanese Yen
10
9.45
9.49
Chinese Yuan
1
22.08
22.17
Saudi Arabian Riyal
1
40.25
40.41
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.10
41.26
Malaysian Ringgit
1
38.20
38.35
South Korean Won
100
10.23
10.27
Swedish Kroner
1
16.28
16.34
Danish Kroner
1
23.63
23.72
Hong Kong Dollar
1
19.26
19.34
Kuwaity Dinar
1
492.72
494.68
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
392.12
393.68