२०८३ भाद्र २८, आईतवार
September 13, 2026
२०८३ भाद्र २८, आईतवार
September 13, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनको दिपेन्द्रचोकमा ‘चितवन स्पाइस हर्ब’ को सेवा शुभारम्भ [video]

प्रकाशित मिति : २०८३ भाद्र २७ गते

भरतपुर / जापानमा दुई दशक लामो रेस्टुरेन्ट व्यवसायको अनुभव हासिल गरेका व्यवसायीले नयाँ होटल तथा रेस्टुरेन्ट सञ्चालनमा ल्याएका छन् । भरतपुर महानगरपालिका–१०, दीपेन्द्रचोकमा ‘चितवन स्पाइस हर्ब’ नामबाट होटल सञ्चालनमा ल्याइएको शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।

पत्रकार सम्मेलन बोल्दै हर्बका सञ्चालक प्रकाश आचार्यले बढ्दो शहरीकरणसँगै रेस्टुरेन्ट कल्चर र होटल तथा रेस्टुरेन्टमा खाना खाने प्रचलन बढिरहेको अवस्थालाई ध्यानमा राखेर होटल सञ्चालनमा ल्याइएको बताए । सञ्चालक आचार्यका अनुसार जापानमा सातवटा रेस्टुरेन्ट सफलतापूर्वक सञ्चालन गरेको अनुभवलाई नेपालमा प्रयोग गर्दै गुणस्तरीय, स्वच्छ तथा मौलिक स्वादसहितको सेवा दिने उद्देश्य राखिएको छ ।

- ADVERTISEMENT -

Advertisement

होटलमा १२ वटा डिलक्स कोठा रहेका छन् । साथै फरक डिजाइनका दुईवटा गोलाकार आकारका कोठा पनि निर्माण गरिएको छ । होटलमा ६० जना क्षमताको एउटा तथा ३०र३० जना क्षमताका दुईवटा हल छन् । त्यस्तै, १०० जना क्षमताको रेस्टुरेन्ट र २०० जना क्षमताको रूफटप रेस्टुरेन्टसमेत सञ्चालनमा रहेको उनले बताए ।

होटल परिसरमा २४ वटा कार र करिब १०० वटा मोटरसाइकल पार्किङ गर्न सकिने व्यवस्था छ । चार कठ्ठा जमिनमा निर्माण गरिएको होटलमा जग्गाबाहेक करिब पाँच करोड रुपैयाँ लगानी गरिएको छ ।

जापानीदेखि दक्षिण एसियाली परिकारसम्म
जापानमा लामो समय रेस्टुरेन्ट व्यवसाय सञ्चालन गरेको अनुभवलाई आधार बनाएर होटलमा जापानी, इन्डियन, चाइनिजलगायत दक्षिण एसियाली परिकारलाई प्राथमिकता दिइएको छ भने नेपाली अन्य रेस्टुरेन्टभन्दा फरक स्वाद दिने गरी मेनु तयार गरिएको उनको भनाइ छ ।

सञ्चालक आचार्यका अनुसार जापानको राजधानी टोकियोका प्रमुख बजार क्षेत्रमा समेत रेस्टुरेन्ट सञ्चालनको अनुभव छ । हाल जापानको खाचिदोकी, चुकिजिमा, चुक्का, हारुमी, तोयोसु र तोयोचोमा सञ्चालनमा रहेका रेस्टुरेन्टहरूको अनुभवलाई समेत चितवनको व्यवसायमा उपयोग गरिएको छ ।

पारिवारिक वातावरणमा सेवा
होटललाई शान्त र पारिवारिक वातावरणमा सञ्चालनमा ल्याइएको जनाइएको छ । विशेष अवसरमा छुटको व्यवस्था गरिएको भन्दै सञ्चालकले ग्राहकलाई होटलको सेवाको उपयोग गर्न आग्रह गरेका छन् ।

होटलमा बिहान ७ बजेदेखि बेलुका १० बजेसम्म विभिन्न परिकार तथा खाजाका स्वाद लिन सकिनेछ। ग्राहकको सुविधाका लागि होम डेलिभरी सेवा समेत उपलब्ध रहेको होटलले जनाएको छ ।

बैठक, गोष्ठी, सेमिनार, साधारणसभा, अधिवेशन, जन्मदिन, एनिभर्सरी, पारिवारिक जमघट तथा साथीभाइसँगको भेटघाटलगायत कार्यक्रमका लागि पनि होटल उपयुक्त हुने गरी पूर्वाधार तयार गरिएको छ ।

सञ्चालक आचार्यले व्यस्त समयका बाबजुद होटलका बारेमा समाचार सम्प्रेषण तथा प्रचारप्रसारमा सहयोग गर्ने सञ्चारकर्मीप्रति आभार व्यक्त गरेका छन्। उनले सञ्चारमाध्यममार्फत होटलको समाचारले उचित स्थान पाउने विश्वास व्यक्त गरे ।https://www.facebook.com/share/v/1CMe5h8V7H/

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89