२०८२ मंसिर २३, मंगलवार
December 9, 2025
२०८२ मंसिर २३, मंगलवार
December 9, 2025 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

१५ वर्षदेखि पेट फुल्ने समस्याबाट पीडित, सहयोगको लागि अपिल

प्रकाशित मिति : २०७८ मंसिर २९ गते
- ADVERTISEMENT -

मकवानपुर / मनहरी गाउँपालिका वडा नम्वर–२ निवासी माइतेसिं स्याङ्तानको उपचारको लागि आर्थिक सहयोग जुटाइदिन परिवारले आग्रह गरेका छन् । स्याङतान विगत १५ वर्षदेखि पेट फुल्ने समस्याबाट पीडित बनेका उनलाई परिवारले सहयोगको लागि अपिल गरेका हुन् ।
६३ वर्षका स्याङ्तान आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट बञ्चित हुनुपरेको हो । स्याङ्तानलाई पेट फुल्ने समस्या दिनप्रतिदिन बढ्दै गएपछि हेटौंडा अस्पतालमा उनको स्वास्थ्यजाँच गरिएको थियो । स्वास्थ्य जाँच पश्चात हेटौंडा अस्पतालले भरतपुरस्थित क्यान्सर हस्पिटल रिफर गरेको थियो ।
क्यान्सर हस्पिटलले सुरुवाती चरणमा घरमै बसेर केही औषधी सेवन गर्न र केही दिनमा पुनः परिक्षणका लागि आउन भनेको परिवारको भनाइ छ । तर, आर्थिक अवस्था कमजोर भएकै कारण विरामीलाई पुनः हस्पिटल लैजान नसकिएको स्याङ्तानको परिवारले जानकारी दिए ।
उनलाई के रोग लागेको हो र उपचार खर्च कति लाग्छ भन्ने यकिन भइसकेको छैन । तर, रोग पत्ता लगाउन अस्पतालसम्म पनि जाने अवस्था नरहेको भन्दै परिवारका सदस्यले दुःखेसो गरेका छन् । स्याङतानका २ जना छोरीको विवाह भइसकेको र छोरा नोकरीको क्रममा घर बाहिर भएकोले थला परेका स्याङ्तानले निकै कष्ट भोग्नु परेको स्थानीयहरु बताउँछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -