Opens in a new tab
२०८३ कार्तिक १, शनिबार
October 17, 2026
२०८३ कार्तिक १, शनिबार
October 17, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

१५ वर्षदेखि पेट फुल्ने समस्याबाट पीडित, सहयोगको लागि अपिल

प्रकाशित मिति : २०७८ मंसिर २९ गते

मकवानपुर / मनहरी गाउँपालिका वडा नम्वर–२ निवासी माइतेसिं स्याङ्तानको उपचारको लागि आर्थिक सहयोग जुटाइदिन परिवारले आग्रह गरेका छन् । स्याङतान विगत १५ वर्षदेखि पेट फुल्ने समस्याबाट पीडित बनेका उनलाई परिवारले सहयोगको लागि अपिल गरेका हुन् ।
६३ वर्षका स्याङ्तान आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट बञ्चित हुनुपरेको हो । स्याङ्तानलाई पेट फुल्ने समस्या दिनप्रतिदिन बढ्दै गएपछि हेटौंडा अस्पतालमा उनको स्वास्थ्यजाँच गरिएको थियो । स्वास्थ्य जाँच पश्चात हेटौंडा अस्पतालले भरतपुरस्थित क्यान्सर हस्पिटल रिफर गरेको थियो ।
क्यान्सर हस्पिटलले सुरुवाती चरणमा घरमै बसेर केही औषधी सेवन गर्न र केही दिनमा पुनः परिक्षणका लागि आउन भनेको परिवारको भनाइ छ । तर, आर्थिक अवस्था कमजोर भएकै कारण विरामीलाई पुनः हस्पिटल लैजान नसकिएको स्याङ्तानको परिवारले जानकारी दिए ।
उनलाई के रोग लागेको हो र उपचार खर्च कति लाग्छ भन्ने यकिन भइसकेको छैन । तर, रोग पत्ता लगाउन अस्पतालसम्म पनि जाने अवस्था नरहेको भन्दै परिवारका सदस्यले दुःखेसो गरेका छन् । स्याङतानका २ जना छोरीको विवाह भइसकेको र छोरा नोकरीको क्रममा घर बाहिर भएकोले थला परेका स्याङ्तानले निकै कष्ट भोग्नु परेको स्थानीयहरु बताउँछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.64
152.24
European Euro
1
170.70
171.38
UK Pound Sterling
1
202.19
202.99
Swiss Franc
1
184.14
184.87
Australian Dollar
1
105.56
105.97
Canadian Dollar
1
107.12
107.55
Singapore Dollar
1
118.55
119.02
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.68
22.77
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.60
41.76
Thai Baht
1
4.54
4.56
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.15
37.30
South Korean Won
100
11.40
11.45
Swedish Kroner
1
15.33
15.39
Danish Kroner
1
22.84
22.93
Hong Kong Dollar
1
19.32
19.40
Kuwaity Dinar
1
492.10
494.05
Bahrain Dinar
1
401.43
403.02
Omani Rial
1
393.87
395.42