२०८३ असार २७, शनिबार
July 11, 2026
२०८३ असार २७, शनिबार
July 11, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

एमाले नेताहरूद्वारा केपी ओलीलाई पद छाड्न दबाब

गुण्डुमा सचिवालय बैठक बस्दै आज
प्रकाशित मिति : २०८२ आश्विन १२ गते
file photo.

काठमाडौं / नेकपा (एमाले) को सचिवालय बैठक आज (आइतबार) दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्दैछ । पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा भदौ २३ र २४ गतेको आन्दोलनको गम्भीर समीक्षा हुनेछ ।

यसका साथै अध्यक्ष ओलीको नेतृत्वलाई लिएर पार्टीभित्र चुलिएको असन्तुष्टि र राजीनामाको मागमाथि पनि सघन छलफल हुने एमाले नेताहरूले बताएका छन् । प्रधानमन्त्री पदबाट राजीनामा दिएर लामो समय नेपाली सेनाको ब्यारेकमा रहेका अध्यक्ष ओली गत असोज २ गते मात्रै सार्वजनिक भएका थिए ।

- ADVERTISEMENT -

Advertisement

उनी ब्यारेकमा रहँदा नै पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायतका नेताहरूले बैठक बोलाएर पार्टीको अवस्थाबारे छलफल गर्नुपर्ने माग गरेका थिए । तर, ओलीले आफू नआई बैठक नराख्ने अडान लिएका थिए । गुण्डुमा डेरा सरेपछि पनि बैठक राख्न आनाकानी गरेका ओलीले यसबीचमा सचिवालयदेखि जनसंगठनसम्मका नेता–कार्यकर्तालाई निवासमै बोलाएर आफूमाथि गम्भीर षड्यन्त्र भएको र त्यसको प्रतिवाद गर्नुपर्ने धारणा राखेका थिए ।

यद्यपि, पार्टीभित्र भने ओलीको नेतृत्वलाई लिएर तीव्र असन्तुष्टि बढेको छ । सचिवालय तहका अधिकांश नेताहरूले अध्यक्ष ओलीलाई ‘स्टेप डाउन’ अर्थात् पद छाड्न भनिसकेको स्रोतले जानकारी दिएको छ । केही दिनअघि ओलीलाई भेट्न गुण्डु पुगेका सचिव योगेश भट्टराईले स्पष्ट रूपमा राजीनामाको माग गरेको बताइएको छ । त्यस्तै, सचिवालय सदस्य सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, सचिव गोकर्ण विष्टले पनि ओलीले पद छाड्नुपर्नेमा जोड दिएका छन् ।

- ADVERTISEMENT -

Advertisement

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि ‘अहिले नबोले कहिले बोल्ने रु’ भन्दै अध्यक्ष ओलीमाथि दबाब बढाउने योजनामा छन् । नेताहरूका अनुसार उपाध्यक्ष विष्णु पौडेल र रामबहादुर थापा ‘बादल’ पनि अध्यक्ष ओलीको नेतृत्वमा पार्टी अगाडि बढ्न नसक्ने निष्कर्षमा पुगिसकेका छन् । आजको बैठकमा उनीहरू कसरी प्रस्तुत हुन्छन् भन्ने कुराले पार्टीभित्रको भावी दिशा तय गर्ने धेरैको अनुमान छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.33
152.93
European Euro
1
174.09
174.78
UK Pound Sterling
1
204.22
205.03
Swiss Franc
1
188.77
189.52
Australian Dollar
1
105.69
106.10
Canadian Dollar
1
107.43
107.85
Singapore Dollar
1
117.82
118.28
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.57
40.73
Qatari Riyal
1
41.79
41.95
Thai Baht
1
4.56
4.57
UAE Dirham
1
41.48
41.64
Malaysian Ringgit
1
37.36
37.51
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
15.73
15.79
Danish Kroner
1
23.29
23.38
Hong Kong Dollar
1
19.44
19.51
Kuwaity Dinar
1
494.98
496.93
Bahrain Dinar
1
404.00
405.60
Omani Rial
1
395.64
397.20