Opens in a new tab
२०८३ आश्विन १४, बुधबार
September 30, 2026
२०८३ आश्विन १४, बुधबार
September 30, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

क्यान्सर रोगबारे सचेत बनौँ

प्रकाशित मिति : २०८३ आश्विन १४ गते
AI / newsprabah

नेपालमा क्यान्सर अस्पताल स्थापना भएको दिनलाई राष्ट्रिय क्यान्सर सतर्कता दिवस मनाइँदै आएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २७औँ वार्षिकोत्सव एवम् राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा सार्वजनिक तथ्याङ्कअनुसार अस्पतालको बहिरङ्ग विभागमा गत वर्ष दुई लाख १२ हजार ९७७ जना बिरामीले सेवा लिएको देखिन्छ । जुन अघिल्लो वर्षभन्दा ८ हजार २६ ले बढी हो । क्यान्सर रोगको रोकथाम र नियन्त्रणका प्रयास भइरहे पनि वर्षैपिच्छे क्यान्सर रोगी बढ्दै गइरहेका छन् । क्यान्सर रोग विशेषज्ञहरुले नेपालमा बर्सेनि एकलाखको हाराहारीमा क्यान्सरका नयाँ बिरामी थपिने गरेको अनुमान गरेका छन् । जसमध्ये ८० प्रतिशत बिरामी अन्तिम अवस्थामा मात्र अस्पताल आउने गरेका छन् । नेपालमा क्यान्सर रोग तीव्ररुपमा बढिरहेको छ । चितवनको क्यान्सर अस्पतालमा मात्रै गत वर्ष क्यान्सर पहिचान भएका २७ हजार २४३ जना नयाँ बिरामीले उपचार गराएका छन् । अघिल्लो वर्ष ३१ हजार ५६० जनाले उपचार गराएका थिए । वार्षिकरुपमा क्यान्सर रोगका नयाँ बिरामी आउनेक्रम बढिरहेको यही तथ्याङ्कले प्रमाणित गर्छ ।

विश्वमै ठूलो जनस्वास्थ्य समस्या रहिआएको क्यान्सर नेपालमा पनि विकराल बन्दै गइरहेको छ । नेपालमा फोक्सो, आन्द्रा, पेट, स्तन, पाठेघरको मुख र डिम्बासयको क्यान्सरका बिरामी धेरै हुने गरेका छन् । क्यान्सरबाट महिलामा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, डिम्बासयको क्यान्सर बढी देखिने गरेको छ । पुरूषमा फोक्सो, पेट, श्वासनली, मूत्राशय, नाक, कान, घाँटीलगायतका अङ्गहरुमा क्यान्सर देखिने गरेको छ । क्यान्सर रोग विशेषज्ञहरुका अनुसार रासायनिक मल, कीटनाशक विषादीको प्रयोग, मिसावट भएका खाना, सूर्तीजन्य पदार्थ र प्रदूषणका कारण क्यान्सर रोग बढ्ने गरेको छ । नेपालमा सुर्तीजन्य पदार्थ सेवनकै कारण बर्सेनि २६ हजारको हाराहारीमा अर्थात दैनिक ७१ जनाले ज्यान गुमाइरहेका छन् । पछिल्लो समय क्यान्सरबाट हुने मृत्युदर एचआइभी÷एड्स, मलेरिया र क्षयरोगबाट हुने मृत्युदरभन्दा बढी छ । क्यान्सरबाट हुने मृत्युको दुई तिहाइ हिस्सा अविकसित मुलुकहरुले ओगटेका छन् । अव्यवस्थित खानपान, जीवनशैली, सुर्तीजन्य पदार्थको सेवन, वातावरणीय प्रदूषणका कारण क्यान्सर रोग लाग्ने बताइन्छ । बर्सेनि यो रोगबाट विश्वमा ७६ लाख मानिसको मृत्यु हुने गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

क्यान्सरलाई पूर्णतः नियन्त्रण गर्न सकिँदैन, तर उचित खानपिन, आनीबानीमा परिवर्तन गर्न सकिए ४० प्रतिशत क्यान्सर रोगी घटाउन सकिने विज्ञहरुको सुझाव छ । समयमै रोग पहिचान हुन नसक्दा क्यान्सर रोगबाट धेरैले ज्यान गुमाउने गरेका छन् । समाजमा समयमै रोग निदान गरी उपचार गर्नेभन्दा जटिल अवस्थामा पुगेपछिमात्रै अस्पताल आउने कारण क्यान्सरबाट हुने मृत्युदर बढ्ने गरेको छ । अन्य क्यान्सरको तुलनामा फोक्सोको क्यान्सर भएका बिरामी बढी देखिनु धूमपान तथा सुर्ती सेवनकै कारण मान्न सकिन्छ । क्यान्सर रोगको उपचारमा नयाँ प्रविधि भित्रिनुमात्रै ठूलो उपलब्धि होइन । क्यान्सर लागेपछि उपचार गराउनुभन्दा रोग लाग्नै नदिनुचाहिँ ठूलो कुरा हो । क्यान्सर रोग भयावह बन्दै गइरहेको सन्दर्भमा यस रोगबारे जनसाधारणमा सतर्कता फैलाउँदै सबैको सार्थक प्रयासबाट क्यान्सर रोग न्यूनीकरण गर्नु जरूरी देखिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.28
153.88
European Euro
1
173.76
174.44
UK Pound Sterling
1
202.71
203.50
Swiss Franc
1
183.65
184.36
Australian Dollar
1
107.04
107.45
Canadian Dollar
1
107.94
108.37
Singapore Dollar
1
119.82
120.29
Japanese Yen
10
9.72
9.76
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.82
40.98
Qatari Riyal
1
42.05
42.22
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.73
41.90
Malaysian Ringgit
1
37.56
37.71
South Korean Won
100
11.29
11.34
Swedish Kroner
1
15.32
15.38
Danish Kroner
1
23.24
23.34
Hong Kong Dollar
1
19.54
19.61
Kuwaity Dinar
1
498.15
500.10
Bahrain Dinar
1
406.58
408.17
Omani Rial
1
398.12
399.68