Opens in a new tab
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चाडवाडकेन्द्रित सुरक्षा सतर्कता

प्रकाशित मिति : २०८३ आश्विन २१ गते
AI / newsprabah

नेपाली घरआँगनमा दसैँको चहलपहल सुरू भइसकेको छ । यस विशेष चाडमा देशविदेशबाट घर फर्किनेक्रम तीव्ररुपमा चलिरहेको छ । चाडपर्वको समयमा सबै क्षेत्रमा चाप बढेको छ । दसैँको यही भीडभाडको मौका छोपेर यातायात व्यवसायीले मनपर्दी भाडा असुल्ने, घर फर्किएका मानिस लुटिने, किनमेलमा ठगिने, म्याद नाघेका सामान कटाउने, अखाद्य वस्तु बिक्री गर्ने, कालोबजारी गर्नेजस्ता अवसरवादी प्रवृत्ति भइरहेका खबर सार्वजनिक भइरहेका छन् । यतिबेला उपभोक्ताहरुको मुख्य चासो नै सरकारका अनुगमन निकायहरुले कसरी काम गरिरहेका छन् ? सरकारले उपभोक्तालाई राहत पुग्ने कस्ता गतिविधि गर्दैै आएको छ ? प्रशासनले चाडबाड लक्षित कार्यक्रम कसरी अघि बढाएको छ ? भन्ने नै रहेको छ । हरेकवर्ष चाडपर्व लाग्नासाथ उपभोक्ताहरु ठगिने गर्छन् । चाडपर्वमा उपभोक्तालाई छूट र राहत दिनुपर्नेमा सकेसम्म लुट्ने प्रवृत्ति विद्यमान छ । मौका छोपेर कालाबजारी गर्नेहरु अझै सक्रिय छन् । प्रशासनले बेलाबेलामा अनुगमन गर्दै आए पनि प्रभावकारी बन्न सकेको छैन ।

चाडपर्वलाई लक्षित गरी शान्ति सुरक्षा, आपूर्ति व्यवस्थापन, यातायात क्षेत्रलाई सरल र सुरक्षित बनाउने दायित्व राज्यको हो । यसका लागि राज्यका सम्पूर्ण निकायहरु उपभोक्ताको हित प्रवद्र्धनमा लाग्नुपर्छ । सरकारी निकायबाट जेजति सक्रियता देखिनुपर्ने हो, त्यति देखिएको छैन । किनभने, यात्रा गर्दा यात्रु ठगिनुपरेका, सीमा क्षेत्रमा लुटिनुपरेका, किनमेलका क्रममा ठगिनुपरेका अनेकन पीडा जनताले पोखिरहेका छन् । सुरक्षा निकायले चाडपर्वमा विशेष सुरक्षा योजना लागू गर्छ । चाडपर्व व्यवस्थित बनाउन सक्दो प्रयत्न गरिरहेको पनि बताउँछ । तर, सुरक्षा निकायको मात्र भर पर्दा गाउँमा लुटपाट, चोरी तथा अपराध भइरहेका हुन्छन् । समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरीको अभियानले मात्र सम्भव हुँदैन । आफ्नो गाउँ शान्त र भयरहित बनाउन नागरिक समाजकै ठूलो भूमिका रहेको हुन्छ । व्यक्ति सचेत नभएसम्म प्रहरीको गस्तीले मात्र समाजमा शान्तिसुरक्षा कायम हुन सक्दैन । समाजमा शान्तिसुरक्षा कायम गर्न हरेकको उत्तिकै जिम्मेवारी रहने भएकाले नागरिकलाई बर्दीविनाको प्रहरी भनिएको हो । कतिपय ठाउँमा समुदाय–प्रहरी कार्यक्रम अत्यन्त प्रभावकारी भएको छ । जिम्मेवार नागरिक भएका गाउँसहरमा यस्ता कार्यक्रमले सार्थकता पाएका छन् ।

- ADVERTISEMENT -

Advertisement

चाडपर्वमा उपभोक्तालाई सहज ढङ्गले सुपथ मूल्यमा गुणस्तरीय सामग्री किनमेल गर्न, सकुशल गन्तव्यमा पुग्न, भयरहित भएर हिँड्डुल गर्न सक्ने वातावरण सृजना गर्नुपर्छ । प्रभावकारी अनुगमनबाटै बेथितिहरुको अन्त्य गर्न सकिन्छ । प्रहरीले सडकमा सवारी चेकजाँचका क्रममा यात्रुसँग मनलाग्दी भाडा असुली गर्नलाई कारबाही गर्दै आएको छ । यसैगरी, कालोबजारी र मूल्य वृद्धि नियन्त्रणका लागि पनि उपभोक्ता बनेर सुक्ष्म अनुगमन गर्ने, उपभोक्ताका गुनासा सुन्नेजस्ता कार्यलाई प्राथमिकता दिनुपर्छ । चाडपर्वको समयमा हुन सक्ने सम्भावित घटना र अपराध न्यूनीकरणका लागि सुरक्षा योजनाले राहत पुग्ने अपेक्षा गरिएको छ । शान्ति सुरक्षामा खलल पुग्न सक्ने कुनै पनि कार्यको समयमै सूचना दिने, शंकास्पद गतिविधिप्रति निगरानी गर्ने दायित्व हामी सबैको हो । समाजमा हरेक खालका नियत भएका मानिस हुन्छन् । तिनीहरुबाट सम्भावित आपराधिक क्रियाकलाप नहोस् भन्नाका लागि सुरक्षा सतर्कता बढाउनुपरेको हो । चाडबाडको समयमा मादकपदार्थको सेवन गरी झैझगडा हुने, आपराधिक क्रियाकलाप र मापसेका कारण सडकमा दुर्घटनासमेत वृद्धि हुनसक्ने भएकाले यसतर्फ सुरक्षा सतर्कता बढाउनु आवश्यक देखिन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.98
154.58
European Euro
1
173.17
173.84
UK Pound Sterling
1
203.95
204.75
Swiss Franc
1
185.24
185.96
Australian Dollar
1
107.32
107.74
Canadian Dollar
1
107.91
108.33
Singapore Dollar
1
120.44
120.91
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.97
23.06
Saudi Arabian Riyal
1
41.02
41.18
Qatari Riyal
1
42.24
42.41
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.93
42.09
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
11.50
11.55
Swedish Kroner
1
15.39
15.45
Danish Kroner
1
23.17
23.26
Hong Kong Dollar
1
19.62
19.70
Kuwaity Dinar
1
499.69
501.64
Bahrain Dinar
1
408.41
410.00
Omani Rial
1
399.95
401.51