२०८३ श्रावण २, शनिबार
July 18, 2026
२०८३ श्रावण २, शनिबार
July 18, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

टिकौली जंगलमा पार्किङको ट्रकसँग दुई बस ठोक्किँदा ३३ जना घाइते

प्रकाशित मिति : २०८२ कार्तिक १४ गते

चितवन / भरतपुर महानगरपालिका–९, टिकौली जंगलमा गए (बिहीबार) राति भएको सडक दुर्घटनामा परी ३३ जना यात्रु घाइते भएका छन् । दुई यात्रुबाहक बस र एक ट्रक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

राति करिब पौने २ बजेतिर भएको यस दुर्घटनामा इँट्टा लोड गरेर पार्किङ गरिएको ना ६ ख ८१३ नम्बरको ट्रकमा गौरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०३०० ख ०१२३ नम्बरको डल्फिन यात्रुबाहक बस अनियन्त्रित भई ठोक्किएको थियो । लगत्तै, सोही बसमा जनकपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र. ०३०० ख ३९०२ नम्बरको रुद्राक्ष यात्रुबाहक बस समेत ठोक्किन पुगेको थियो । दुर्घटनाको प्रकृति हेर्दा, तीव्र गतिका कारण नियन्त्रण गुमाएको हुनसक्ने अनुमान गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

दुर्घटनापश्चात् दुईवटै बस सडकमै पल्टिएका थिए । घटनाको जानकारी पाउने बित्तिकै सशस्त्र प्रहरी बल, नेपाल नं. १७ गण आँपटारी चितवनबाट खटिएको टोलीले स्थानीयको सहयोगमा घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल पठाएको थियो । घाइतेमध्ये १५ जनाको चितवन मेडिकल कलेजमा, १३ जनाको नेशनल सिटी अस्पतालमा र ५ जनाको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार, रुद्राक्ष बसका चालक धनुषा जिल्ला शहीद नगरपालिका(४ बस्ने ४३ वर्षीय कृष्ण मण्डललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको छ । दुर्घटनाका कारण अवरुद्ध भएको सडक क्रेनको सहायताले बसहरू हटाई आज बिहान करिब ३ बजेतिर एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको थियो ।

- ADVERTISEMENT -

Advertisement

चितवन मेडिकल कलेजमा लगिएका घाइतेहरु उदयपुरको त्रियुगा नगरपालिका– १० बस्ने २० वर्षीय सार्थक बाबु श्रेष्ठ, धनुषाको जनकपुर उपमहानगरपालिका– १७ बस्ने ३९ वर्षीय सदाकत मिया, सोही ठाउँ बस्ने ५२ वर्षीय नरेन्द्र शाह, धनुषाको जनकपुर उपमहानगरपालिका– ७ बस्ने १७ वर्षीय समिर अन्सारी, धनुषाको जनकपुर उपमहानगरपालिका– १ बस्ने ४६ वर्षीय बसन्त झा, धनुषाको जनकपर उपमहानगरपालिका– ४ वस्ने ४९ वर्षीय मुकेशलाल कर्ण, सोही ठाउँ बस्ने ३४ वर्षीया अन्जु कर्ण, सोही ठाउँ बस्ने आरुष कर्ण, धनुषाको लक्ष्मीनिया गाउँपालिका– ४ बस्ने १९ वर्षीया विद्या चौधरी, रौतहटको राजदेवी नगरपालिका– १ बस्ने २० वर्षीय अनिकेत कुमार साह, रौतहटको बृन्दावन नगरपालिका– ३ बस्ने ११ वर्षीय आरभ मिश्र, रौतहटको राजदेवी नगरपालिका– १ बस्ने कुष्ण कमार साह, रौतहटको गौर नगरपालिका–५ बस्ने ४१ वर्षीय मुकेश कुमार केसरी, महोत्तरीको पिपरा गाउँपालिका– १ बस्ने गितादेवी यादव, महोत्तरीको पिपरा गाउँपालिका–१ बस्ने ३७ वर्षीय राम श्रेष्ठ रहेका छन् ।

यस्तै, नेशनल सिटी अस्पताल भरतपुरमा लगिएका घाइतेहरु धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ बस्ने २८ वर्षीय आलोक कुमार राउत, धनुषाको जलेश्वर नगरपालिका–५ बस्ने २० वर्षीय आदित्य कुमार सिंह, सोही ठाउँ बस्ने ४३ वर्षीया रेखा सिंह, सोही ठाउँ बस्ने २१ वर्षीया अञ्जली सिंह, रौतहटको राजदेवी नगरपालिका–२ बस्ने २१ वर्षीय मोनु कुमार महतो, रौतहटको गौर नगरपालिका–९ बस्ने ६६ वर्षीया गम्भिरादेवी ठाकुर, रौतहटको गरुडा नगरपालिका–७ बस्ने ५० वर्षीय विजय साह, सोही ठाउँ बस्ने ४० वर्षीय उर्मिला कुमारी साह, रौतहटको बृन्दावन नगरपालिका–३ बस्ने ६२ वर्षीया सुनितादेवी मिश्रा, भारत मोतिहारी बस्ने ३२ वर्षीय सुनिल प्रसाद, भारत मोतिहारी बस्ने २५ वर्षीया सुभद्रा कुमारी चौधरी, भारत मोतिहारी बस्ने ७ वर्षीया पृया जैशवाल, भारत मोतिहारी बस्ने ४ वर्षीया कृती जैशवाल रहेका छन् ।

त्यस्तै भरतपुर सरकारी अस्पतालमा लगिएका घाइतेहरु धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ बस्ने १९ वर्षीया दिव्या चौधरी, रौतहटको दुर्गाभगवती गाउँपालिका–२ बस्ने ३० वर्षीय राजकिशोर दास, रौतहटको माधवनारायण नगरपालिका–५ बस्ने १९ वर्षीय रोशी कुमार साह, सोही ठाउँ बस्ने २५ वर्षीय राजु दास, भारत मोतिहारी बस्ने २२ वर्षीय महमद साहेब छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.76
154.36
European Euro
1
175.85
176.53
UK Pound Sterling
1
206.60
207.41
Swiss Franc
1
190.34
191.09
Australian Dollar
1
107.17
107.59
Canadian Dollar
1
109.57
110.00
Singapore Dollar
1
119.11
119.58
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.69
22.78
Saudi Arabian Riyal
1
40.94
41.10
Qatari Riyal
1
42.17
42.34
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.86
42.03
Malaysian Ringgit
1
37.55
37.69
South Korean Won
100
10.35
10.39
Swedish Kroner
1
15.91
15.97
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.61
19.69
Kuwaity Dinar
1
500.03
501.98
Bahrain Dinar
1
407.85
409.44
Omani Rial
1
399.36
400.91