‘विपद् व्यवस्थापन तालिमले सबै लाभान्वित’

0
378

भरतपुर । भरतपुर महानगरपालिका–१२ स्थित ग्रीनल्याण्ड पब्लिक स्कुलले एक दिने विपद् व्यवस्थापन तालिम सम्पन्न गरेको छ । पब्लिक स्कुलको प्राङ्गणमा सो तालिम सम्पन्न भएको हो ।
सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको प्राविधिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावक गरी करिब ८ सय जनालाई विपद् व्यवस्थापन सम्बन्धी तालिम दिइएको थियो ।
सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका प्रहरी नायव उपरिक्षक सुजित बिष्टले प्रशिक्षण दिएका थिए । प्रनाउ विष्टले सहभागी विद्यार्थी, शिक्षक तथा अभिभावकहरुलाई विपद्को बेला अपनाउन पर्ने सावधानीको विषयमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रमकी प्रमुख अतिथि भरतपुर १२ की कार्यवाहक वडाध्यक्ष बिमला भट्टराईले यस किसिमको तालिमले सबैलाई लाभदायी हुने बताइन् । कार्यक्रममा भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका अधिकृत बाबुराम दवाडी, प्याप्सन चितवनका अध्यक्ष टिकाराम चापागाई, प्याप्सन महानगर अध्यक्ष लेखराम खनाल लगायतले बोलेका थिए ।